एनएचएस् आन्द्राको क्यान्सर परिक्षण: एफआइटि/फिट् उपकरण निर्देशन (Nepali)
अद्यावधिक गरियो 2 अक्टोबर 2024
Applies to England
तपाईको परिक्षण उपकरण (टेस्ट् किट्) कसरी चलाउँने निर्देशन
अंग्रेजी, ब्रिटिस् साइन् ल्यांगुज् र उपशीर्षक सहित अन्य भाषाहरुमा उपलब्ध छन्।

बोतलमा मिति लेख्ने
डड्पेनले नमूना बोतलमा मिति लेख्नुहोस्।
भाडा वा ट्वाइलेट् पेपरको केहि भाग चलाएर तपाईको दिसा लिनुहोस्।
तपाईको दिसालाई ट्वाइलेट्को पानीलाई छुन नदिनुहोस्।

नमूना संकलन गर्ने
नमूना बोतल खोल्नको लागि बिर्को घुमाउनुहोस्।
त्यो लठ्ठीको टुप्पोमा रहेको कट्कट् काटेको भाग दिसामा रगडेर नमूना संकलन गर्नुहोस्।
परिक्षणको लागि हामीलाई अलिकति मात्र दिसा चाहिन्छ। कृपया धेरै संकलन नगर्नुहोला।

नमूना बोतल क्लिक गरेर बन्द गर्ने
लठ्ठीलाई बोतल भित्र राख्नुहोस् र बन्द गर्न बिर्कोलाई धकेलेर 바카라 사이트क्लिक바카라 사이트 गर्नुहोस्।
प्रयोग गरि सके पछि बोतललाई पूनःनखोल्नुहोस्।
प्रयोग गरि सके पछि कृपया तपाईको हाँत धुनुहोस्।

संकलन गरि सके पछि परिक्षण उपकरण हुलाकद्वारा पठाउँने तयारी
तपाईले नमूना बोतलमा मिति लेख्नुभएको छ भनेर सुनिश्चित गर्नुहोस्।
तपाईलाई पठाइएको खाम भित्र त्यस् नमूना बोतललाई हाल्नुहोस्।
टेप तानेर निकाल्नुहोस्, र खाम बन्द गर्नुहोस् र हुलाकबाट पठाउँनुहोस्।
तपाईको संकलन गरिएको परिक्षण उपकरण कृपया जतिसक्दो चाडो पठाउँनुहोला।