मर्गर्शन

सर्वाइकल स्क्रिनिङ: निमन्त्रणा (Nepali)

अद्यावधिक गरियो 23 मई 2025

Applies to England

हामी तपाईंको एनएचएस सर्भिकल स्क्रिनिङ (पाठेघरको मुखको परिक्षण) (विगतमा 바카라 사이트स्मियर टेस्ट바카라 사이트 भनिने) को लागि तपाईंलाई निमन्त्रणा गर्न यो पत्र लेख्दैछौं। हामी २५ देखि ६४ वर्षका सबै महिला लगायत पाठेघरको मुख बोकेका व्यक्तिहरूलाई पाठेघरको मुखको क्यान्सर हुनबाट रोकावटमा र जीवन बचाउँनमा मद्दत गर्न उनीहरुलाई स्क्रीनिङ (संकेत भए-नभएको जाँच वा परिक्षण) प्रस्ताव गर्छौं।

यस पत्र वैकल्पिक स्वरुपमा प्राप्त गर्न हामीलाई कि त <england.contactus@nhs.net? मा इमेल गर्नुहोस् वा ०३०० ३११ २२ ३३ मा फोन गर्नुहोस्। अपोइन्टमेन्ट (स्थान सुरक्षित गर्न) बुक गर्न वा आफ्नो परिक्षणको नतिजाहरुका लागि यि विवरण प्रयोग गरेर सम्पर्क नगर्नुहोस् किनभने तपाईंको फोन वा इमेलको उत्तर दिने कर्मचारीले तपाईंलाई मद्दत गर्न सक्नेछैनन्।

आफ्नो अपोइन्टमेन्ट (स्थान सुरक्षित गर्न) कसरी बुक गर्ने

पाठेघरको मुखको स्क्रीनिङ अपोइन्टमेन्ट बुक गर्नको लागि आफ्नो जिपी सर्जरीलाई सम्पर्क गर्नुहोस्।

केही यौन स्वास्थ्य क्लिनिकहरुले पाठेघरको मुखको स्क्रीनिङ सेवा पनि प्रस्ताव गर्छन्। थप जानकारीको लागि तपाईंको स्थानिय यौन स्वास्थ्य क्लिनिकलाई सम्पर्क गर्नुहोस्:

मैले किन अपोइन्टमेन्ट बुक गर्नु पर्छ?

पाठेघरको मुखको स्क्रीनिङले निश्चित प्रकारका ह्युम्यान पापिलोमाभाइरस (एचपिभि) (हानि नगर्ने मासुको डल्लो वा गाँठो छालामा निकाल्ने भाइरस) को जाँच गर्छ। यस्ता 바카라 사이트उच्च जोखिम (हाइ रिक्स)바카라 사이트 प्रकारका एचपिभि ९९% भन्दा बढि पाठेघरको मुखको क्यान्सरमा फेला परिन्छन्। यदि हामीले तपाईंको स्क्रीनिङ नमूनामा यि एचपिभिका प्रकारहरु मध्ये एक फेला पारेमा, हामी असामान्य कोष (शेल्) परिवर्तनहरूका जाँच गर्छौं। यि परिवर्तनहरूलाई प्रारम्भिक अवस्थामा पत्ता लगाएर उपचार गर्दा पाठेघरको मुखको क्यान्सरका धेरैजसो अवस्थाहरूलाई हामी रोकावट गर्न सक्छौं।

पहिलो पटक यौन सम्पर्क गर्दा तपाईंलाई एचपिभि लाग्न सक्छ, र यो हुनको लागि तपाईंले पेनिट्रेटिभ (योनिमा लिंग प्रवेश गराएर) यौन सम्पर्क गर्न आवस्यक पर्दैन। तपाईंसँग लामो समयदेखि एउटै यौन साथी/पार्टनर भएता पनि वा धेरै वर्षदेखि यौनजन्य रुपमा सक्रिय नभएता पनि तपाईंलाई यो हुन सक्छ। तपाईंको यौन झुकाव (ओरिएन्टेसन्) जस्तो भएपनि वा एचपिभि खोप लगाएको भए तापनि तपाईंलाई एचपिभि हुनसक्छ।

सहायता यदि तपाईं पाठेघरको मुखको स्क्रीनिङ बारे चिन्तित हुनु भएमा

पाठेघरको मुखको स्क्रीनिङ अपोइन्टमेन्ट जम्मा ५ देखि १० मिनेट हुन्छ, तर यदि तपाईंलाई थप समय चाहिएमा तपाईंले लामो अपोइन्टमेन्ट अनुरोध गर्न सक्नुहुन्छ। तपाईंले महिला नर्श वा डाक्टर पनि अनुरोध गर्न सक्नुहुन्छ र सहायताको लागि कसैलाई परिक्षण कोठामा लैजान सक्नुहुन्छ। अपोइन्टमेन्टको बेला आफुले चाहेको भिन्न पोजिसन् (अवस्था) मा पल्टिन र आफुलाई अझ बढि सहज दिन सानो स्पेकुलम (योनी द्वार खुलाउने यन्त्र) परिक्षणमा प्रयोग गर्न अनुरोध गर्न सक्नुहुन्छ।

यहाँ समावेश गरिएको पर्चाले अपोइन्टमेन्टको बेला के हुन्छ लगायत एचपिभि र पाठेघरको मुखको क्यान्सर बारे थप जानकारी दिन्छ। तपाईंले यस लिंक /cervical-screening-guide मा विधुतिय, सहज पठन र अन्य भाषाका संस्करण (भर्सन्) प्राप्त गर्न सक्नुहुन्छ।

यदि तपाईं चिन्तित हुनुहुन्छ वा पाठेघरको मुखको स्क्रीनिङमा उपस्थित हुन कसैको मद्दत आवस्यक पर्छ भने यस वेवसाइट /cervical-screening-support मा सल्लाह र सहायता उपलब्ध छन्।

थप जानकारी

तपाईंको स्क्रीनिङ परिक्षण गरेको नर्श वा डाक्टरले कसरी र कहिले नजिताको अपेक्षा गर्न सक्नुहुन्छ भनेर बताउँनेछन्, र उनीहरुलाई नतिजा पनि बताउँनेछन्। यदि तपाईंले आफ्नो ठेगाना वा सम्पर्क विवरण परिवर्तन गर्नुभएमा तपाईंको जिपीलाई जानकारी गराउँनुहोस्।

तपाईंको पाठेघरको मुखको स्क्रीनिङको इतिहास बाबजुद, यदि तपाईंलाई निम्न लक्षणहरु मध्ये कुनै भएमा आफ्नो जिपीलाई तुरुन्त सम्पर्क गर्नुहोस्:

  • तपाईंलाई असामान्य लाग्ने योनिमार्गको रक्तस्राव 바카라 사이트 यौन सम्पर्कको समयमा वा यसपछि हुने रक्तस्राव, तपाईंको महिनावारी बिच हुने रक्तस्राव, रजोनिवृत्ति (मेनोपाउ्ज) पश्चात वा महिनावारीमा सामान्य भन्दा धेरै रक्तस्राव
  • तपाईंको योनिश्रावमा परिवर्तन
  • यौन सम्पर्कको बेला दुखाइ
  • तपाईंको ढाढको तल्लो भागमा, कम्मरको हड्डी (पेल्भिस) को मध्यमा, वा तपाईको तल्लो पेटमा दुखाइ

पाठेघरको मुखको स्क्रीनिङ र एचपिभि लगायत तपाईंको अपोइन्टमेन्टमा के हुन्छ र यो कसरी बुक गर्ने भनेर थप जानकारीका लागि, यस मा भ्रमण गर्नुहोस् स्क्यान गर्नुहोस्। यदि तपाईंसँग थप चिन्ताहरु वा प्रश्नहरु भएमा आफ्नो जिपि सँग कुराकानी गर्नुहोस्।

तपाईंको भवदिय,

तपाईंको जिपिका तर्फबाट एनएचएस सर्भिकल स्क्रीनिङ प्रोग्राम (पाठेघरको मुखको परिक्षण कार्यक्रम)